ट्राफिक जामको कारण नेकपा एसको सचिवालय बैठक स्थगित
काठमाडौं— शिक्षक आन्दोलनका कारण ट्राफिक जाम भएकाले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको अनुसार पार्टी कार्यालय आलोकनगरमा साढे १० बजे बस्ने गरी बोलाएको बैठक नेताहरू बैठकस्थलमा आउनै नसकेपछि स्थगित भएको हो।
‘शिक्षक आन्दोलनका कारण सडक अस्तव्यस्त भयो, नेताहरू आउनै सक्नुभएन, त्यसैले बैठक स्थगित भयो’, खतिवडाले भने, ‘शनिबार बैठक बस्ने गरी स्थगित भएको छ ।’ बैठकमा अपानी र असोज १४ देखि देखि सुरु हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने बताइएको थियो ।