शेयर बजारले समेत कांग्रेसलाई पत्याउन छाड्योः डा. गोविन्दराज पोखरेल
काठमाडौं— कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले शेयर बजारले समेत कांग्रेसलाई पत्याउन छाडेको टिप्पणी गरेको छन्। अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पोखरेलले देशको अर्थतन्त्र डरलाग्दो अवस्थामा रहेको बताए।
उनले भने, ‘अहिले देशको अर्थतन्त्र डरलाग्दो छ। द्वन्द्वले गरिखाने माहोल नहुँदा विदेश गएकोको रेमिटेन्सले गर्दा बाह्य अर्थतन्त्र राम्रो देखिएको छ । तर आन्तरिक क्षेत्र तहसनहस छ। निराशाजनक अवस्था छ। प्रत्येक दिन साना ठूला एक जना व्यवसायीले आत्महत्या गरेका छन्। गरिखाने वर्गमा मान्छेहरुलदे प्रत्येक दिन आत्महत्या गर्नु डरलाग्दो हो। बैंकहरुमा ५ खर्ब रुपैयाँ थन्किएको छ । सरकारले राम्रो नीति नबनाउँन नसकोको कारण त्यो पैसा उद्यमी लिन सकिरहेको छैनन्।’