भू-राजनीति र नेपालबारे लेखिएको पुस्तक भू-राजनीति समकालीन आयाम
काठमाडौ – भूराजनीति भन्ने कुरा खास गरेर भूगोलसङ्ग सम्बन्धित बिषय हो।म भूगोलको प्राध्यापक भएकोले र भूगोल कै विद्यार्थी भएको नाताले र यसमा पोलिटिकल जोग्राफी भन्ने एउटा बिषय पनि हुन्छ।मेरो सानैदेखि यही बिषयमा रुचि पनि थियो।मेरो सबैभन्दा बढी अध्ययन र लेखनको बिषय पनि यहि हुँदै आएको छ।नेपालको भौगोलिक परिवेश नै भु राजनीतिक जटिलताले बाधिएकाले पनि हामीले यसबारे अध्ययन गर्न जरुरी छ।हामी दुइ ठुला शक्तिशाली देशहरू भारत र चीनको बिचमा अवस्थित छौं ।
पहिले पहिले नेपाललाई बफर स्टेट भनिन्थ्यो ।सुरक्षात्मक देशको रूपमा कहिले यता ,कहिले उता भएर भारत चीनको बिचमा द्वन्द नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ भन्ने थियो।अहिले पनि भु-राजनीति दृष्टिकोणले त्यसरी व्याख्या गर्ने चलन छदैछ ।नेपाल जस्तो भौगोलिक रूपमा सानो देशमा छिमेकी शक्तिशाली देशहरूले हस्तक्षेप बढाउदै लगे भने देशको सार्वभौमसत्ता र अखण्डता नै खतरामा पर्नसक्छ ।यो संबेदनशील परिस्थितिलाई समेत बिचार गरेर हामीले हाम्रो बिदेश नीति र छिमेक नीति तय गर्नुपर्ने हुन्छ।छिमेकी र शक्तिशाली देशहरूको भुराजनीतिक स्थिति ठिक ढंगले बुझेर मात्रै हामीले सन्तुलित भुमिका खेल्न सक्छौ ।
यस्तो परिस्थितिमा यो बिषय बुझेनौ र कुनै एक देशको पक्ष वा विपक्षमा उभिने गर्यौं भने देशको अस्तित्व नै खतरामा पर्नसक्छ।जस्तो अहिले पनि इन्डो (अमेरिकी गठबन्धनमा नेपालको राजनीति कुदिरहेको देखिन्छ।त्यसरी कुद्दाखेरि भुराजनीतिक सन्तुलन त हुँदैन नि१दक्षिणलाई खुशी पार्ने नाममा उत्तर रिसाउने वा उत्तरलाई खुशी पार्ने नाममा दक्षिण रिसाउने अवस्था हुनु हाम्रा लागि राम्रो हुँदैन ।यस्तो भयो भने नेपालले आफ्नो शान्ति , बिकास र स्थायित्वको मिशन पुरा गर्न सक्तैन ।
नेपालको भुराजनीतिको सम्बेदना नै सन्तुलनको राजनीति हो।सन्तुलनको परराष्ट नीति हो।यदि यो नीतिलाई नेपालले अपनाउन सकेन भने नेपाल कुनै पनि बेला जोखिममा पर्न सक्छ ।दक्षिणी देश भारको सोच के छ भने सन १९७५ मा सिक्किम कब्जा भएदेखि आजसम्म नेपाललाई पनि कमजोर बनाउने, यहाँका प्राकृतिक साधन सम्पदाहरु र आर्थिक संरचनामाथी आफ्नो प्रभुत्व जमाउने उदे श्य उसले लिएको छ।उसले अहिले नेपालको भुमि र सार्वभौम सत्तामा समेत असर पुग्नेगरि भुमिका खेलिरहेको देखिन्छ ।
अर्कोतिर अहिले अमेरिका पनि दक्षिणी शक्तिसङ्ग मिलेर नेपाल प्रवेश गरिरहेको छ।भारतको सहयोग र रुचि बेगर अमेरिका पनि यहाँ आउन सक्तैनथ्यो।उनिहरु दुई शक्तिको मिलन भएर अमेरिका नेपाल आएको छ।यसरी नै देशको सार्वभौम शक्तिको अस्तित्व नै बिलोप हुने जुन खतरा हाम्रा अगाडि मडारिरहेको छ, यसबाट देशको स्वाधीनताको रक्षा गर्न र नागरिकलाई सहि सूचना र जानकारी दिने उदेश्यले मैले यो किताब लेखेको हु।यसअघि पनि मैले भुराजनीति दाउपेच भन्ने किताब लेखेको थिए।त्यो अलि समग्र र बिश्वब्यापी बिषयवस्तुमा आधारित थियो।अहिले एशियाली क्षेत्रको भु(राजनीति परिस्थितिले नेपालको सत्तामा कस्तो असर पर्नसक्छ भन्ने बिषयलाई अगाडि ल्याउन भु(राजनीतिबारे पुस्तक तयार गरेको हु।
भु-राजनीति समकालीन आयाम भन्ने जुन पुस्तक अहिले बजारमा छ यसमा मैले अहिले जसरी जनताको ब्यापक बिरोधका बाबजुद एमसीसी पास गराइएको छ, त्यो बिषय रास्ट्रघाती र देश बिरोधी छ भन्ने कुरा सबै नेपाली जनताले बुझ्नुपर्छ भन्ने मेरो जोड छ।एमसीसी भनेको आइपिएसको अङ्ग हो।त्यसबारे मैले पुस्तकमा चर्चा गरेको छु।एमसीसीको नाममा आउने पैसा कुनै अनुदान होइन , यो त लगानी हो भनेर उनीहरुले नै भनिरहेका छन।त्यति हुदाहुदै पनि यो अनुदान नै हो भनेर यहाँका राजनीतिक दलहरूले जसरी भ्रम छरेका छन, यो पनि रास्ट्रघाती अभियान नै हो।आइपियस भनेको चीनको उदयलाई रोक्नका लागि अमेरिका र ईन्डियाले बनाएको रणनीति हो।र हिन्दप्रशान्त क्षेत्रमा चीनिया उपस्थिति कमजोर बनाउने, व्यापार समाप्त गरिदिने, चीनलाई एक्ल्याउने र चीनको विश्वव्यापी बजार विस्तारको अभियानलाई रोक्ने प्रयास हो आइपिएस ।यसमा नेपाललाई पनि जोड्नुपर्छ भनेर उनीहरुले एमसीसी अगाडि बढाएका हुन् ।
आइपिएसको अङ्गको रुपमा रहेको एमसीसी नेपाल आउनुपर्ने एउटा कारण हाम्रो भुमिमा बसेर चीनसङ्ग ट्याकल गर्न सकिन्छ्भन्ने नै हो।अर्कोतिर सामरिक शक्तिका लागि आवश्यक पर्ने इनर्जीका हिसावले नेपाल धनि छ।
हाइड्रो इनर्जीमा त हामी धनी छौँ नै ,साथै अहिले पत्ता लागिरहेका खनिजहरु जस्तो युरोनियम, लिथियम जस्ता उर्जाहरु यहाँ प्रशस्त पाइने हुनाले यसलाई कब्जा गर्न पाइयो भने दुईर चार सय बर्षका लागि उनीहरुलाई इनर्जीको खाचो हुँदैन ।त्यसैले नेपालको भुमि रणनीतिक रूपमा एकदमै महत्त्वपूर्ण छ भन्ने कुराका आधारमा पनि उनीहरुले यो स्ट्राटेजी बनाएका हुन।मैले मेरो पुस्तकमा यसबारे पनि बिषयवस्तु उठान गरेको छु।
अमेरिका र भारतको अर्को मिशन भनेको बीआरआई रोने उदेश्यले पनि उनीहरुको जोडबल छ।बीरआई के हो भन्नेबारे पनि पुस्तकमा मैले प्रस्ट्याउने प्रयत्न गरेको छु।
(पूर्वप्राध्यापक भानु भण्डारीको पुस्तक राजनीति समकालीन आयामझबारे लेखक सङ्ग गरिएको कुराकानीको सम्पादित अंश)