टोपबहादुरलाई प्रतिशोध साँधियो, अदालतको फैसला आओस् भनेर म केही बोलेको छैनः ओली

आइतबार, ७ असोज २०८०

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले टोपबहादुर रायमाझीलाई प्रतिशोध साँधेको भन्दै अदालतको फैसला आओस् भनेर आफूले केही नबोलेको प्रतिक्रिया दिएका छन् ।

प्राइम टाइम टेलिभिजनमा ऋषि धमलालाई दिएको अन्तर्वार्तामा अध्यक्ष ओलीले माओवादी पार्टी छाडेर एमालेमा लागेको प्रतिशोध रायमाझीमाथि प्रचण्ड र नारायणकाजी श्रेष्ठले लिएको बताए ।

ओलीले अदालतमा मुद्दा दर्ता भएकाले पार्टीले सचिवबाट निलम्बन गरेर सफाइको लागि मौका दिएको भन्दै सरकार आफ्ना मान्छेलाई जतिसुकै अपराध र तस्करी गरे पनि जोगाउने र सरकारको विरोध गर्नेलाई फसाउने काममा खुलेआम लागेको बताए ।

ओलीले अदालतमा गइसकेको विषय भएकाले मात्र रायमाझीको बारेमा आफूले मौनता साँधेको बताए ।