सुन काण्डको लागी छानबिन आयोग गठन गर्न काव प्रधानमन्त्री खड्काले राखे सर्वदलीय बैठक
काठमाडौं— सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सर्वदलीय बैठक रोखका छन् ।
रक्षामन्त्रालयमा जारी बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी छन् ।बैठकमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता उपस्थित छन् ।
सुन तस्करी छानबिनका लागि पूर्वसहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको छ ।