प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा आएनन्ः बालेन
काठमाडौं— महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा नआएको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो दाबी गरेका हुन्।
‘विगत केही दिन देखि केही अभियानताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौं भन्दा अभियानताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन। लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, सयाद कुनै राजनितिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं।के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने?,’ उनले भनेका छन्।
ईः लगायत अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रिय सभा गृह अगाडि उभिएर आन्दोलनरत छन्। ईस्ले १९९ घण्टा उभिएर प्रदर्शन गरेका हुन्।