अनेमसंघ झापाको जिल्ला सम्मेलन मंसिरमा
काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को झापा जिल्ला सम्मेलन मंसिरमा हुने भएको छ।
हिजो पार्टी केन्द्रिय प्रतिनिधि तथा पश्चिम झापाका इन्चार्ज संजय सीको प्रमुख आतिथ्यता तथा अनेम संघ क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष कमला सीको आतिथ्यतामा सम्पन्न बैठकले जिल्ला सम्मेलन मंसिरमा गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले सर्मीला सीको संयोजकत्वमा ११ सदस्यीय आयोजक कमिटी निर्माण गरिएको अनेमसंघ मेचि–कोशी इन्चार्ज रोस्नी सीले जानकारी दिइन्।