उपराष्ट्रपति पुत्र दिपेश रातारात तराईको आँधिहुरी प्रभावित क्षेत्रमा पुगेर उद्धारमा खटिदै
चैत्र १८ काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का पुत्र दिपेश पुन रातारात तराईको आँधिहुरी प्रभावित क्षेत्रमा पुगेर उद्दारमा खटिएका छन् ।

आइतवार रातिसम्म काठमाडौंमै रहेका पुनले आँधिहुरीबाट ठूलो जनधनको क्षति भएको थाहा पाउने बित्तिकै राति नै प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन् । सोमवार बिहानैबाट पुन उद्दारमा खटिएका छन् ।

पुनले आफ्नो फेसबूकमा रक्तदान गरेको र उद्दारमा खटिएका तस्विर सार्वजनिक गरेका छन् । यसअघि समेत उपराष्ट्रपति पुत्र पुन विभिन्न विपद्का बेला सक्रियतापूर्वक खटिएर चर्चामा आउने गरेका थिए ।
