गरिमा विकास बैंकको मोबाईल बैकिङ सेवा अब विदेशबाटै सुचारु गर्न मिल्ने
काठमाडौं— गरिमा विकास बैंकले विभिन्न शिलशिलामा विदेशमा बस्दै आईरहेका नेपालीहरुलाई ध्यानमा राख्दै मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ । कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा बैंकले आफ्नो सेवाको स्तरोन्नती गरेको हो ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । रेग्मील बैंकले अब विदेशमा बसेरै यस विकास बैंक मार्फत मोबाईल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्ने बताए । साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्ने छन् ।
उनले बढ्दो अनलाइन ठगीलाई ध्यानमा राख्दै कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) नमाग्ने भएकाले फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नबाडि दिन पनि अनुरोध गरे ।
