प्रकाश र मान्यताको विवाहमा नयाँ प्रयोग

बिहिबार, ११ असोज २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी निकट जन स्वास्थ्यकर्मी संघका महासचिव डा. प्रकाश सी र डा. मान्यता सीबिच जनवादी विवाह सम्पन्न भएको छ । नेकपाले सुरु गरेको सी संस्कृति अनुसार उनीहरुको बुधबार जनवादी विवाह सम्पन्न भएको हो ।

प्रकाशका बुवा तथा नेकपा महासचिव विप्लव सी र उहाँको परिवार तथा मान्यताको परिवारको उपस्थितिमा जनवादी विवाह सम्पन्न भएको छ । विवाहमा स्थानीय जनताको पनि बाक्लो उपस्थिति रहेको थियो ।

नेकपा महासचिव विप्लवले दिएका फलफुलका विरुवाहरु रोपेर उनीहरुले विवाहमा नयाँ संस्कृतिको सुरुवात गरेका छन् ।