जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका जाँदै

बिहिबार, ११ असोज २०८०

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव शुक्रबार बिहान अमेरिका जाने भएका छन् ।

पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतको अनुसार एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन अध्यक्ष यादव शुक्रबार बिहान २ः१५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लागेका हुन् । उनले कार्यक्रम सकेर यादव असोज २३ गते स्वदेश फर्कने बताए ।