एक सूचना अभियान्ताको ‘ईः’ लाई पत्र
भाई ईः तिम्रो र कामाण्डौं महानगर पालिकाको सम्झौता भई तिमीले आन्दोलन फिर्ता लिई स्वास्थ्य लाभ गरिरहेका छौ भन्ने विश्वास लिएको छु । तिम्रा सुन्निएका खुट्टाहरु छिट्टै सन्चो हुन भन्ने कामना पनि छ । ईः मैले तिमीलाई भाई नै भनेर सम्बोधन गरे । उमेरले पक्कै पनि तिमी भाई नै हौ । तर तिम्रो बोद्धिकता र देश प्रतिको मायाको लागि भने तिमी मेरो दाई हो । तिमीले जति यो समाजलाई सायद मैले माया गरेको छैन होला ।
तिम्रो उमेरका ८० प्रतिशत युवा यो देश छोडेर गई सकेका छन् । तिमी भने आफ्नो स्वाभिमान बेच्न नसकेर भत्केको बिग्रेको अनि असफल भैसकेको यो देशमा नै बसी समाजलाई सकारात्मक बाटोमा हिडाउन आफ्नो स्वविवेकले भ्याएसम्म यो राष्ट्रको सेवा गरिरहेका छौ । तिम्रो यो कार्य प्रति म सधै नतमस्तक नै छु । उमेर सानै भए पनि तिमीमा जुन बुझाई छ, सायदै हाम्रा प्रौढ तथा युवा नेतामा होला ? तिमीले सोचेको जस्तो सोचाई ५ प्रतिशत नेतामा मात्र पनि भएको भए देशले अर्कै दिशा लिई सकेको हुन्थ्यो ।
मैले बढाई चढाई कत्ती पनि गरेको छैन । तिमीसँग संगत गर्दा मैले जे भोगेको थिएँ त्यही भन्दै र लेख्दैछु । तिमीसँग मेरो लामो उठबस त भएन जति भयो स्मरण योग्य नै भयो । आम युवाको भन्दा तिम्रो समाजलाई हेर्ने दृष्टिकाण नै एकदम फरक छ । तिमीले भर्खरै उभिएरै गरेको ओन्दोलनले यो प्रमाणित गरिसकेको पनि छ । कोहि कसैलाई बाधा नपु¥याइ, सडक फूट्पाथ कहि कतै अबरोध नगरी आफैले आफैलाई पीडा दिएर जुन आन्दोलन ग¥यौ नी ! त्यसको म प्रशंशक नै हुँ । तर भाई त्यही भृकुटी मण्डपमा तिमी लामो समय देखि उभिरहेका थियौ, तिमिभन्दा नजिकै न्यू प्लाजामा भएको म तिमीलाई भेट्न अनि तिमीलाई समर्थन गर्न आईन । अझ भन्छौ भने आउन मन नै लागेन ।
समर्थन गर्ने हतारमा यस्तै ठूलो महाभूल मैले विगतमा गरी सकेकोले यो पटक सबै तत्थ्य नबुझी समर्थन गर्न मन नै लागेन । मैले माथि भने नि महाभूल, हो त्यो महाभूल सायद तिमीले पनि गरी सकेको छौं । तर त्यो तिमीलाई महाभूल नलाग्न सक्छ । मलाई त त्यो मेरो महाभूल नै हो भन्ने भैसक्यो । मेरो नजरबाट तिमीले पनि महाभूल गरेको देखे । यदि मेरो हेराई गलत भए मलाई माफ गर । मात्र त्यो मेरो हेराई हो । मैले तिमीलाई मेरो नजरियाबाट गलत देखेको हुन सक्छ, मेरो औकात र हैसियत त्यति नै भएर पनि होला । र मैले तिमीलाई गल्ती ग¥यौ भन्दैमा तिम्रो गल्ती नै नहुन सक्छ बस त्यो मेरो मात्र बुझाई हुन सक्छ । मेरो मात्र दृष्टीकोण हुन सक्छ । बाँकी तिमी लगायत अन्यको त्यो भूल न हुन पनि सक्छ ।
भाई लामो भूमिका बाँध्न चाहान्न । म सिधै कुरोमा आउछु । आज भन्दा ६÷७ वर्ष पहिला म डा. गोबिन्द के.सीलाई जनताको लागि आफ्नो ज्यानको प्रवाह नगर्ने भगवान नै ठान्थे । अझ एक पटक त मेरै जिल्ला जुम्लाबाट अनसन सुरु गरी मेरो विश्वास र भरोसालाई उहाँले अझ बलियो बनाई दिनु भएको थियो । म उहाँको समर्थनमा एक पटक मात्र भौतिक रुपमा टिचिङ्ग हस्पिटलमा गएको थिएँ । भौतिक रुपमा समर्थन गर्न अरु समय दिन नसके पनि मानसिक तथा नैतिक समर्थन भने सदैव भैरह्यो । हो मेरो त्यो भौतिक तथा नैतिक समर्थन गलत थियो भनेर आज म बुझ्दै छु । त्यो समयमा मैले डा. के.सीलाई भगवान र दुर्गा प्रसाइँलाई माफिया देख्ने र बुझ्ने जुन भूल म बाट भयो, सो भूलले मलाई तिमी उभी रहेको ठाँउसम्म जान दिएन ।
डा. के.सीलाई भगवान र दुर्गालाई माफिया भन्ने लाइनमा सायद तिमी पनि थियौ । यदि थिएनौ भने मेरो बुझाई गलत रहेछ भनि तिमीलाई लगाएको आरोप म फिर्ता लिदैछु । तिमीसँग लामो संगत गर्न मैले पाइन । विवेकशील नेपालीको कार्यालयमा हामीबिच केहि संवाद भएको थियो । त्यसपछि तिमीले क्षमा भन्ने एउटा अभियान चलाउका थियौ । हो त्यही अभियानलाई समर्थन गर्न म २ पटक पुगेको थिएँ । २ पटकमा जम्मा जम्मी ५÷६ घण्टा समय दिएको थिएँ ।
तिमी कति महान छौ भाई । राज्यले हेपेका, पेलेका, दमन गरेका तल्लो स्तरका नागरिकसँग राज्यले गरेको विभेदको बदलामा राज्यलाई माफ गरी देउ भन्दै राज्यको तर्फबाट माफी माग्दै तिमी हिडेका थियौ । माफी मात्रै कहा हो र ? मितीले ती नागरिकको खुट्टामै समेत ढोगेका थियौ । तिमीसँग हिड्दा लाजले गर्दा मैले खुट्टामा ढोग्न त सकिन खाली हात जोडेर माफी चाँहि मागे तर मितीले बिना संकोच, राज्यले गर्नु पर्ने जिम्मेवारी बहन गर्दै खुट्टामा ढोेग्ने स्वाभिमान र करुणा तिमीमा कहाँबाट आएको होला ?
भूगोलको उपल्लो स्थान देखि तराईको उखरमौलो गर्मीमा पैदल यात्रा गरी त्यहाँको जन जिविका तिमीले राम्रोसँग बुझेका छौ । ती कुना कन्दराका समस्याहरु तिमीले राम्रोसँग बुझेका छौ । त्यही भएन नै होला ती तल्लो तहका नागरिकको लागि तिमीले लामो समयसम्म आफ्नो ज्यानलाई धरापमा राखेर आन्दोलन गरी उनीहरुका पिडामा साथ दियौ । काठमाण्डौंको फूटपाथ लगभग खाली भैसकेको पनि लामो समय बिती सकेको थियो । तिमीले सुरुमा नै आन्दोेलन किन गरेनौ ? लामो समय व्यतित भएपछि मात्र आन्दोलन गर्ने तिमीमा बिचार कसरी आयो ? आन्दोलनको पृष्ठभुमी के थियो ? एक पटक अवश्य सोच है ।
यो आन्दोलनको स्वरुपसम्म आई पुग्दा तिमीले को कस्लाई भेट्यौ ? को किन तिमीलाई भेट्न आयो ? तिमीले भेटेकाले के भने ? अनि तिमीलाई भेट्न आएकाले के भने ? तिमी कस्तो कस्तो वातावरणमा घुलमिल भएपछि आन्दोलनको बिचार आयो ? एक पटक अवश्य सोच है । मलाई लाग्छ आजको दिनसम्म आई पुग्दा डा. गोबिन्द के.सीले गरेको आन्दोलन गलत रहेछ भनि डा. गोबिन्द के.सीलाई आत्मबोध भयो ?? भएको छैन होला ?? यदि बोध भएको भए उहाँ मैले गल्ती गरे भनि किन आम माफी माग्न सकिरहनु भएको छैन ? मलाई लाग्छ उहाँले गरेको आन्दोलन÷अनसन गलत थियो ।
अनसन÷आन्दोलनको सम्पूर्ण उर्जा दुर्गा प्रसाइँलाई मेडिकल कलेज खोल्न नदिनेमा नै केन्द्रित थियो जस्तो देखिन्छ । दुर्गा प्रसाइँको कारण अन्यले पनि मेडीकल लगायत अन्न अप्ठ्याराहरु पक्कै पनि झेलेका छन् । उहाँको अनसन÷आन्दोलनले कालान्तरमा कस्लाई फइदा भयो ? र कस्लाई घाटा भयो ? त्यो अहिले आएर प्रमाणित भएको छ । यो विषयमा तिमीले गम्भीर भएर सोचेका थियौ ? नभएर एक पटक सोच है । अनि त्यो आन्दोनमा को कस्ता व्यक्ति तथा समुहको समर्थन थियो ? को कस्ले सहयोग गरेका थिए ? त्यो पनि बिचार गर है ।
गोबिन्द के.सीले आन्दोलन गर्ने पृष्ठभूमी कस्तो थियो ? के साँचीकै गोबिन्द के.सी.को स्वविवेकले मात्र त्यो आन्दोलन÷अनसन भएको थियो ? यो कुरामा के गोबिन्द के.सी अहिले पनि उही अडानमा हुनुहुन्छ ? म देखिरहेको छ, गोबिन्द के.सीको आन्दोलन÷अनसनमा जो जस्ले सहयोग र समर्थन गरे त्यही जत्था नै भाई ईः तिम्रो पछि लागेको ।
तिम्रो दाई अंग राज भारती ……………………..।