जसपाका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन्।
पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतको अनुसार अध्यक्ष यादव एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुन गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गरेका हुन् । उनले सो कार्यक्रम सकेर अध्यक्ष यादव यही असोज २३ गते स्वदेश फर्कने कार्यक्रम भएको बताए।