कांग्रेसलाई भ्रष्टाचारहरुको संरक्षक भएको आरोप लाग्दै आरहेको छ, त्यसलाई चिर्नुपर्छः केसी
काठमाडौं— नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कांग्रेसलाई अहिले भ्रष्टाचारहरुको संरक्षक भएको आरोप लाग्दै आरहेकाले त्यसलाई चिर्नुपर्ने बताएका छन् ।
कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भेटी चढाएको भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस नबन्ने पनि बताए ।
उनले भने, ‘संविधानमा पनि ठुलो परिवर्तनको आवश्यकता छ। जबसम्म संविधानमा समानुपतिक भन्ने आफ्ना परिक्रमा गरेर वरपर दौडिने र भेटी चढाएको भरमा नियुक्ति गर्ने प्रथा हुन्छ त्यतिबेलासम्म कांग्रेस बन्दैन। या समानुपातिकलाई निर्वाचन प्रणालीमा लैजाऔ यता राष्ट्रियसभामा लैजाऔं ।’
उनले भने, ‘हाम्रो कमजोरीले एकपछि अर्को गर्दै निस्केका नयाँ पार्टीहरुको कुनै विचार र दृष्टिकोण छैन। तर, हामीहरुको गतिविधिबाट वाक्क भएर बरु यीनिहरुले के गर्छन् कि भन्ने स्थिती जनमानसमा देखिएको छ । त्यसलाई गम्भिरतापूर्वक लिनुपर्छ ।’