हामीलाई रविको भाष्य बोल्ने छुट छैनः रामकुमारी झाँक्री

सोमबार, १५ असोज २०८०

काठमाडौं— नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अब आफूहरुलाई रास्वपा सभापति रवि लामिछानेको भाष्य बोल्ने छुट नभएको बताएकी छन् ।

इटहरीमा आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै उनले सानो भए पनि आफ्नो पार्टी राज्यको शक्ति भएको दाबी गरिन् । झाँक्रीले भनिन्, ‘हामीलाई अब रवि लामिछानेको भाष्य बोल्न छुट छैन । सानो पार्टी भए पनि हामी राज्यको जिम्मेवार शक्ति हौं । अब हामी संवैधानिक कुरा गर्छौं । संविधानमा संकट आयो भने हामीले बचाउनुपर्छ, भन्छौं ।’

उनले कोशी प्रदेश सरकार गठनमा पनि अब विवेकपूर्ण रुपमा कदम चाल्नुुपर्ने बताइन् । अहिलेको संकट एकातिर राखेर ५० वर्षपछिको कुरामा हिँड्न नहुने उनको भनाइ छ ।