म्याद सकिएको मदिरा बिक्री गरेको भन्दै महानगरले तिरायो दुई लाख जरिवाना

मंगलबार, १६ असोज २०८०

काठमाडौं— काठमाडौँ महानगरपालिकाले बजार अनुगमनका क्रममा म्याद सकिएको मदिरा बिक्री गरेको पाएपछि दुई लाख जरिवाना गरेको छ ।

महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख डा अवधेश झाको अनुसारकाठमाडौँ महानगरपालिकाले वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोरलाई रु दुई लाख जरिवाना तिराएको हुन् । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद सकिएको मदिरा बिक्री गरेको फेला परेपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको प्रमुख झाको भनाइ छ ।

महानगरले बजारलाई थप व्यवस्थित पार्न गत साउनमा अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । विगतका वर्षमा चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्ने महानगरले यसवर्षदेखि केही समय अघिदेखि नै अनुगमन सुरु गरेको हो ।