कैलालीमा एमसीसीविरुद्ध भित्तेलेखनलाई तिब्र पार्दै अखिल (क्रान्तिकारी)

बुधबार, १७ असोज २०८०

कैलाली – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले एमसीसीविरुद्ध भित्तेलेखनलाई तिब्रता दिएका छ । स्वार्थसहितको एमसीसी चाहिँदैन, गो ब्याक अमेरिका, अमेरिकी स्वार्थ हामीलाइ मान्ने छैन, नेपालको आफ्नै स्वाधिनता छ लगायतका नारासहित अखिल क्रान्तिकारी कैलालीले वित्तेलेखनलाई तिब्रता दिएको हो ।

पछिल्लो चरणमा अमेरिकन सेनाहरू नेपालमा आएसँगै नेपाल कम्यूनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय नीतिअनुसार कैलालीमा मंगलबारदेखि भित्तेलेखन कार्य सुरु भएको हो । पछिल्लो चरणमा नेपालका बिभिन्न भूभागहरुमा अमेरिकी सेनाहरुको प्रत्यक्ष चहलपहल बढेसँगै नेपाली जनसमुदायलाई डर त्रास बनाएको भन्दै यसलाई रोकावट गर्न र नेपालबाट हटाउनको लागि अखिल क्रान्तिकारीले भित्तामा नारा लेख्ने कार्यको सुरुवात गरेको हो ।

अमेरिकी परियोजना एमसीसी नेपालका लागि दुर्भाग्य भएको र जसरी पनि अमेरिकाले संसारमा आफ्नो हैकम जमाउने कार्यहरू गर्दै आएको भन्दै अखिल क्रान्तिकारीलाई स्वीकारे नभएको विद्यार्थी नेताहरुले बताएका छन् । एमसीसीद्वारा अमेरिकी सेना नेपालमा परेसँगै अमेरिकाको विकविबी बढेपछि नेपाली जनताको हक हित र अधिकारका भित्तेलेखन गरेको अखिल क्रान्तिकारी कैलालीले जनाएको छ ।

जिल्ला विभिन्न सार्वजनिक स्तथानहरुमा भित्तेलेखन गरिएको बताइएको छ ।