नाट्यश्वर म्युजिक अवार्डमा गायिका रमिला न्यौपाने नाट्यश्वर रत्न सम्मानबाट सम्मानित
काठमाडौं – काभ्रेपलाञ्चोकको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ कार्यक्रममा गायिका रमिला न्यौपाने नाट्यश्वर रत्न सम्मानबाट सम्मानित भएकी छिन् ।
गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । पूर्व राष्ट्रपति डा। रामबरण यादवले उक्त सम्मान प्रदान गरेका हुन् ।‘आज त भेट्न आउँदिनँ है कालु’ यो तिजको गीतले उनलाई चर्चामा आएकी थीन।
उक्त कार्यक्रममा नाट्यश्वर दशक सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा कलाकार तथा पत्रकार सम्मानित भएका थिए ।
१४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसकेकी न्यौपानेले ‘म त आउँदिन है कालु हो, मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आउ–आउ माया, सिस्नुपानीलगायतका एल्बममा स्वर दिएकी न्यौपानेले स्वदेशका अधिकांश स्थानमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।