एमसीसी बिरूद्ध विराेध प्रदर्शन गर्दै नेकपा, उपत्यकामा साढे २ बजे

बुधबार, १७ असोज २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले आज एमसीसीविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल आएकाे विराेधमा नेकपाले देशभर विराेध प्रदर्शन गर्ने भएकाे हाे ।

एलिसले एमसीसी परियोजना कार्यान्वयनबारे प्रधानमन्त्री प्रचण्डलगायत विभिन्न दलका नेतासँग भेटघाटलाई तिब्रता दिदै आएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आज एमसीसीविरुद्ध देशभर प्रदर्शन गर्ने लागिएको नेकपाले जनाएकाे छ ।

काठमाडौं उपत्यकामा दिउँसो साढे २ बजे सुनधाराबाट र्याली सुरू भएर सान्तिबाटिकामा विराेध सभा हुने नेकपा उपत्यका ब्युराेले जनाएकाे छ । नेकपा उपत्यका व्युरो र संयुक्त जवसकाे आयाेजनामा विराेध प्रदर्शन हुने उपत्यका ब्युरो इन्चार्ज कृति सीले बताए ।