अखिल(क्रान्तिकारी) CTEVT उपत्यकाकाे अध्यक्षमा बाल्केश
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समितिको आठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘सर्वसुलभ प्राविधिक शिक्षाको लागि हाम्रो आन्दोलन, सुदृढ संगठनको लागि CTEVT उपत्यका जिल्लाको सम्मेलन’ भन्ने मुल नारासहित शुक्रवार CTEVT उपत्यका जिल्लाकाे सम्मेलन सम्पन्न भएकाे हाे ।
सम्मेलनले बालकेश सीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । संगठनकाे उपाध्यक्षमा सुरेश सी, सचिवमा रुप सी, सहसचिवमा कल्पना सी, काेषाध्यक्षमा नवीन सीलाई निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हाे ।
संयोजक प्रजित सीको अध्यक्षतामा सुरु भएको सम्मेलनको प्रमुख आतिथ्यता नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सीको रहेको थियो भने बिशिस्ट आतिथ्यता अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र सीको रहेको थियो । नेकपा केन्द्रीय सदस्यहरु विपिन सी, आरोह सी, सन्जिव सी, अखिल क्रान्तिकारीका उपाध्यक्ष एवम् पार्टीक केन्द्रीय सदस्य नरेन्द्र सी, अखिल क्रान्तिकारीका महासचिव ललित सी, कार्यालय सदस्य तथा बागमती कमाण्ड इन्चार्ज मदन सी, मधेस नारायणी कमान्ड इन्चार्ज प्रकाश सी, सचिवालय सदस्यहरु अनिल सी, डिवि सी, लोकेश सी, सुवास सी, केन्द्रीय सदस्यहरु सुवास सी, हस्त सी, छत्र सी, जनक सी, सविन सीको आतिथ्यता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि शिलु सीले नेपालको वर्तमान शिक्षा प्रणालीले नेपाली विद्यार्थीहरुलाई धोका दिएको भन्दै यो शिक्षा प्रणाली बदल्न र समाजवादी शिक्षा नीति स्थापना गर्न सबै युवा विद्यार्थी एकजुट हुनुपर्ने बताइन् । उनले अहिलेको शिक्षा प्रणालीमा दलाल तथा शैक्षिक माफियाहरुले ब्रमलुत मच्चाइरहेको, व्यापारको बस्तु बनाएको भन्दै यसलाई रोक्नु पर्ने दायित्व क्रान्तिकारी विद्यार्थीको भएकाले त्यस तर्फ ध्यान दिन निर्देशन दिइन् ।
यस्तै सम्मेलनका विशिष्ट अतिथि अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र सीले प्राविधिक शिक्षालाई खोज अध्ययन अनुसन्धान मुलक बनाउनु पर्नेमा राज्यको ध्यान नपुगेको भन्दै समाजवादी राज्य व्यवस्थाबाट मात्र शैक्षिक क्षेत्रमा देखिएका तमाम समस्याहरु हल हुने बताए ।
सम्मेलनमा शुभकामना मन्त्वय दिदै नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज विपिन सीले नैजवान युवा विद्यार्थीहरु राष्ट्र निर्माणमा एक भएर लाग्न अपिल गरे। यस्तै सम्मेलनका अतिथि अखिल क्रान्तिकारीका महासचिव ललित सीले शैक्षिक दलाल तथा माफियाहरुसँग अखिल क्रान्तिकारी निरन्तर लड्दै विद्यार्थीको सेवामा अहोरात्र खतिरहेको भन्दै यो व्यवस्था र शिक्षा नीति बदल्न सबै लाग्नु पर्ने बताए ।
यस्तै संगठनका कार्यालय सदस्य तथा बागमती कमान्ड इन्चार्ज मदन सीले प्यानल प्रस्ताव गरेका थिए। सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा त्रि वि ब्यूरो इन्चार्ज अनिल सीले निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए । CTEVT मा देखिएका समस्याहरुका विरुद्ध तथा विद्यार्थीहरुको सेवामा अहोरात्र नवनिर्वाचित कमिटी खटेर सेवा गर्दै समाजवादी राज्य व्यवस्था स्थापना गर्ने आन्दोलनमा सबै सरिक हुन भन्दै शुभकामना दिएका थिए।
बन्द सत्रको कार्यक्रमको सहजीकरण अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य डिबि सीले गरेका थिए।
