कञ्चनपुर घटनाबारे कांग्रेस सभापति देउवाद्वारा दुख व्यक्त, सरकारलाई यस्तो भने !
भदौ ९, काठमाडौं – बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमामा एक व्यक्तिको मृत्यु भएसंगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दुख व्यक्त गरेका छन् साथै मृतक बालकको परिवारप्रति गहिरो सहानुभूति प्रकट गरेको छ । सामाजिक संजाल ट्विटरमार्फत ट्विट गर्दै सभापति शेर बहादुर देउवाले तत्काल कञ्चनपुर घटनाको छानबिन गर्न पनि सरकारसंग माग गरेका छन्।

देउवाले निर्मला बलात्कार–हत्याको अनुसन्धानमा सन्देह जनाउने जनतामाथि गोली बर्साउने कार्यको म भत्सर्ना गरेका छन् । उनले निर्मलाको परिवारलाई सुरक्षा दिन, नयाँ शिराबाट विश्वसनीय अनुसन्धान सुरु गर्न र तत्काल हाम्रा छाेरीचेलीको सुरक्षा गर्ने कदम चाल्न सरकारसँग माग गरेका छन्।
सभापति देउवाले ट्विट गर्दै भने : ‘हरेक दिनजसो ३/४ महिलाको बलात्कार हुनु भनेको राष्ट्रिय लज्जाको विषय हो । बलात्कारीलाई तत्काल दण्डित गर्न र पीडितलाई न्याय दिलाउन Fast-Track Court गठन गर्न जरुरी भइसकेको छ । यस विषयमा पनि म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। ‘
कञ्चनपुरमा आज प्रहरीको गोली लागी एक बालकको मृत्यु भएको घटनाले म ज्यादै दुःखी छु 😪 । मृतक बालकको परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दछु ।
साथै, प्रम @kpsharmaoli सँग तत्काल कञ्चनपुर घटनाको छानबिन गर्न माग गर्दछु । 1/3
— Sher Bahadur Deuba (@DeubaSherbdr) August 24, 2018