न्युजिल्याण्डका विश्वविद्यालयको सहभागितामा नेपालमै पहिलो पटक शैक्षिक मेला हुँदै

मंगलबार, २३ असोज २०८०

काठमाडौं – नेपालमा पहिलो पटक न्युजिल्याण्डका विश्वविद्यालयको सहभागितामा शैक्षिक मेला हुँदैछ । इन्फरमेटिक्स कन्सल्टेन्सीको आयोजनामा न्युजिल्याण्डका चर्चित विश्वविद्यालयका प्रतिनिनिहरुको सहभागिताससहित शैक्षिक मेला हुन लागेको हो ।

आज विहान १० बजेदेखि इन्फरमेटिक्सको नयाँ कार्यालयमा यो मेला संचालन हुनेछ । ‘न्युजिल्याण्ड एडमिसन डे’ नाम दिइएको उक्त मेलामा विश्वविद्यालय अध्ययन गर्दाका फाइदाहरु, नेपाली विद्यार्थीहरुलाई न्यजिल्याण्डमा पाइने अवसर, डिपेण्डेन्ट भिसा लगायत विश्वविद्यालयले दिने छात्रबृत्तिका बारेमासमेत जानकारी दिइने आयोजकले जनाएको छ ।

संकरदेव क्याम्पस नजिकै रहेको कार्यालयमा हुने मेलामा सहभागी हुने विद्यार्थीले छात्रबृत्ति पनि प्राप्त गर्ने इन्फरमेटिक्सका प्रबन्ध निर्देशक ज्ञानेन्द्रमान जोशीले बताए । मेलामा युनिभर्सिटी अफ वाइकाटो, मास्सी युनिभर्सिटी, लिंकन युनिभर्सिटी, युनिभर्सिटी अफ ओटाको, भिक्टोरिया युनिभर्सिटीको सहभागीता हुने आयोजकले जनाएको छ ।