कांग्रेसद्वारा कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध

शुक्रबार, २६ असोज २०८०

काठमाडौं— कोशी कांग्रेसको कार्यसम्पादन समितिको बैठकले केदार कार्की मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ । बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो ।

कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकतावद्द बनाउन कोशी संसदीय दललाई अनुरोध समेत गरेको छ भने केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार काङ्ग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ ।