रौतहटकी मेयर रिनाकुमारी साह पदमुक्त

मंगलबार, ३० असोज २०८०

काठमाडौं— रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त भएकी छन्।

३० वैशाख २०७९मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर चुनावमा विजयी भएकी साहले एमाले परित्याग गरेपछि पदमुक्त भएकी हुन्। निर्वाचन आयोगले साह पदमुक्त भएको सूचनामार्फत् जानकारी दिएको छ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्। उनले पार्टी त्याग गरेको जानकारी एमालेले निर्वाचन आयोगलाई गराएपछि आयोगले उनलाई पदमुक्त गरेको हो।