महासचिव विप्लवलाई बर्दियामा स्थानीयद्वारा स्वागत

मंगलबार, ३० असोज २०८०

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई थारुहरुको स्थानीय परिकार खुवाउदै वर्दियामा स्वागत गरिएको छ। सुदुरपश्चिमको कैलालीबाट फर्किने क्रममा महासचिव विप्लवलाई स्थानीय थारु समुदाय सहित नेकपा बर्दियाले जिल्ला प्रवेशको क्रममा स्वागत गरेको हो।

महासचिव विप्लवले बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा न ८ जुराइनामा पार्टीद्वारा गरिएको डेढ बिघा धान खेतीको समेत अवलोकन गरेका छन।अवलोकनको क्रममा महासचिव विप्लवसङ्ग नेकपा नेताहरू सङ्गम सी, हिमशिखर सी र टीका सी समेत सहभागी रहेका थिए।

मङ्गलवार नै महासचिव विप्लवले कैलालीको घोडाघोडीमा रहेको धान खेतीको समेत अवलोकन गरेका थिए भने अवलोकनको क्रममा पार्टीले लिएको उत्पादन र श्रमको नीतिले क्रान्ति र आन्दोलनको बिकासक्रममा महत्त्वपूर्ण योगदान गर्ने बताएका थिए।