आफ्नै मान्छेको अनुहार देखेपछि भ्रष्टाचारको फाइलको दोसो पाना पल्टाइएन: रवि लामिछाने

बिहिबार, २ कार्तिक २०८०

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलोदेखि दोसो पाना पल्टाउन नसकेको आरोप लगाएका  छन् । लामिछानेले भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलोदेखि दोसो पाना पल्टाउन नसक्दा भ्रष्टाचारको फाइल खोल्न आँट गरे पनि निष्कर्षमा पुर्‍याउन सरकार असफल भएको बताएका हुन् ।

बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारले भ्रष्टाचारको फाइल खोल्न आँट गरे पनि निष्कर्षमा पुर्‍याउन नसकेको जिकिर गरे । भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलोदेखि दोसो पाना पल्टाउन नसकेको उनको टिप्पणी थियो ।

आउँदो निर्वाचनपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पानादेखि नै अनुसन्धान र कसैको मुख नहेरी कारबाही गर्ने उनको भनाइ छ ।

कोसी प्रदेशमा ‘महागठबन्धन’ बनेको बन्दै उनले अब रास्वपा देशको एक मात्र प्रतिपक्ष दल भएको बताए । रास्वपा विदेशीको इसारामा चलेको भन्ने आरोप पुष्टि गर्न उनले चुनौती दिए ।