जसपाका केन्द्रीय सदस्य अशोककुमार सिंह नेपाली कांग्रेसमा प्रवेश

आइतबार, १२ कार्तिक २०८०

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य अशोककुमार सिंह नेपाली कांग्रेस प्रवेश गरेका छन्।

कांग्रेस मधेस उपसभापतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले अशोककुमारसहित जसपा छाडेर आएका नेता, कार्यर्ताहरूलाई पार्टीमा प्रवेश गराएका हुन्।

कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ ले गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा उनीहरू पार्टीमा प्रवेश गरेको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए।