बन्धक बनाइएकाहरूलाई हमासले विनाशर्त रिहा गर्नुपर्छः गुटेरस
काठमाडौं— संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले गुटेरसले बन्धक बनाइएकाहरूलाई हमासले विनाशर्त रिहा गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटेपछिको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गुटेरसले इजरायल–हमास युद्धमा बेपत्ता भएका विपिन जोशीको सकुशल घर फिर्तीको कामना गरेको पनि बताए ।
‘हमासको आक्रमणमा परि निधन भएका १० विद्यार्थीहरूको परिवारप्रति हार्दिक समवेदना छ,साथै हराइरहेका विपिन जोशी सकुशल घर फिर्ता होउन् भन्ने कामना छ,’ पत्रकार सम्मेलनमा गुटेरसले भनेका छन्।
उनले अन्तर्राष्ट्रिय मानवीय कानुनहरूको सबै पक्षबाट पालना हुनुपर्ने बताए। उनले हजारौं माइल परको मध्यपूर्वमा भएको हिंसाले नेपालीलाई पनि प्रत्यक्ष असर पारेको भन्दै दुख व्यक्त गरेका हुन्।