वाईडबडी प्रकरणमा प्रधानमन्त्री ओलीले पनि पैसा खाएको राप्रपा अध्यक्ष लोहनीको आरोप
काठमाडौँ । राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले चर्चित वाईडबडी खरिदमा भएको अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि संलग्नता रहेको गम्भीर आरोप लगाएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका डा. लोहनीले एक प्रतिष्ठित एफ एम रेडियोसँगको कुराकानीमा यस्तो आरोप लगाएका हुन् ।
उनले अहिलेसम्म त्यति ठूलो घोटालामा प्रधानमन्त्री सहित धेरै ठूला माछाहरुको मिलेमतो रहेकाले घटनाबारे पछिल्लो समय कसैले नबोलेको र छानविनमा चासो नै नदेखाएको आरोप लगाए । नेपाल वायु सेवा निगम त्यही भ्रष्टाचारको कारण थला परिसकेको उनको भनाई छ । त्यत्रो हवाईजहाज ल्याको छ । ७४ घण्टा उठाउनुपर्ने ४० घण्टा भन्दा बढी उडाउन सकेको छैन् । त्यो दुईटा हवाईजहाजका कारण वायु सेवा निगम ठूलो घाटामा छ, अध्यक्षा लोहनीले भने, नेपाल सरकारले दिएको एकाधिकारका कारण उ(निगम) बचेको छ ।
सरकारले सही तरिकाले सदुपयोग गर्न जान्ने हो भने नेपालमै लगानिका असख्य मार्गहरु भएको तर विदेशी लगानीमा समेत नेपाल सरकार चुक्दैँ आएको उनको भनाई छ । हालै सम्पन्न लगानी सम्मेलन स्वागतयोग्य रहेको तर विदेशीले लगानी गरेपनि प्रक्रिया र अनियमितताका कारण लगानी डुब्ने सम्भावना प्रबल रहेको उनको दाबी छ ।