प्रचण्डको स्पष्टोक्ति: माओवादीले काठमाडौंमा प्रदर्शन गर्न लागेको होइन
काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काठमाडौंमा प्रदर्शन गर्ने तयारी नगरेको स्पष्टोक्ति दिएका छन्।
नेकपा (एमाले) ले बुधबार च्यासलमा गरेको चियापान समारोहमा सहभागी भएका दाहालले पत्रकारहरूसँग कुराकानी गर्दै काठमाडौंमा माओवादीले प्रदर्शन गर्न खोजेको भन्दै भइरहेका प्रचारमा सत्यता नभएकोस्पष्टोक्ति दिएका हुन्
‘मंसिर २२ गते प्रदर्शन गर्न लागिएको होइन। मिडियाले गलत ढंगले प्रचार गरेको छ,’ दाहालले भने, ‘देशैभरि वडास्तरमा जनपरिचालनको कार्यक्रम चलिरहेको छ। त्यही जनपरिचालनलाई गाउँपालिका र काठमाडौंमा तीन वटा प्रदेशले एकै ठाउँमा जनपरिचालन गर्न खोजेको हो। त्यो कुनै प्रदर्शन र कसैका विरूद्ध होइन।’माओवादीले गत सोमबार अन्तरपार्टी सर्कुलर जारी गर्दै जनप्रदर्शन गर्ने उल्लेख गरेको थियो।