गायक अशिम कुमार कटुवालको “बाटो छ भिरालो” सर्वाधिक चर्चामा
काठमाडौं – लोक तथा दोहोरी गीत संगीतका प्यासी मनहरुका लागि गायक सर्जक अशिम कुमार कटुवाल र गायिका कल्पना पराजुलीको सुमधुर स्वरमा ‘बाटो छ भिरालो’ बोलको गीत सार्बजनिक भएको केही दिन नबित्दै सर्वाधिक चर्चामा रहेको छ । यो गीतले दिन प्रती दिन क्रमशः दर्शक श्रोताको माया पाउने क्रम बढदो छ ।
गायक कटुवालको राजासाप,सुन्दर दोलखा लगायतका दर्जनौं चर्चित सृजना तथा आबाजहरुको अलबा दर्शक श्रोता बिच अर्को उत्कृष्ट सृजनाको रुपमा “बाटो छ भिरालो” लाई लिन सकिन्छ ।
गीतमा पछिल्लो समयको लोकप्रिय गायक अशिम कुमार कटुवाल र गायिका कल्पना पराजुलीको सुमधुर आवाज रहेको छ।गीतको शब्द गायक आफैंले लेखेका हुन् भने लय तथा एरेञ्ज विष्णु तामाङले गरेका छन् । गीतको मिक्सिङ कुमार सानु पुनले गरेका हुन् ।
भिडियोमा लोकप्रिय मोडल अनिल कट्वाल र अस्मिता रनपाल लगायत अन्य कलाकारहरुको सुन्दर अभियान रहेको छ । निर्देशक निरेन श्रेष्ठको कथा र निर्देशन भिडियोमा रहेको छ।
आकर्षक फ्रेममा राम केसीले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।
दोलखा जिल्ला जन्म थलो भएका पछिल्लो पुस्ताका आशा लाग्दा युवा कलाकार अशिम कुमार कटुवालको प्रस्तुति तथा शब्द सृजनामा पछिल्लो समय “बाटो छ भिरालो ” बोलको गीत डिजिटल बजारमा बिश्वब्यापी रुपमा सार्बजनिक भएको हो ।
उक्त गीतको भिडियो कटुवालको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ