कांग्रेसका सांसद सञ्जय गौतमले सदनमै गरे मौन धारणा

बिहिबार, १६ कार्तिक २०८०

काठमाडौं— प्रतिनिधि सभाको बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मौन धारणा गरेका छन्।

शून्य समयमा सभामुखले बोल्न समय दिएपछि उनले उठेर एक मिनेट मौन धारणा गरेका हुन्। सत्तारुढ दलका सांसद गौमतले मौनधारण गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले समर्थन जनाएका थिए।