भुकम्प पीडितका लागि नेकपाले आफ्नो केन्द्रिय उत्पादनबाट २५ कुइनटल चामल र १ लाख नगद राहत दिने
काठमाडौँ – पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म ७८ जनाको ज्यान गएको छ भने सयौं जना घाइते भएका छन् ।
रूकुम र जाजरकोटमा गरी झन्डै १५० जनाको मृत्यु भएको बुझिएको छ । भुकम्पमा पर्ने घाइतेहरुको राहत र उद्वारमा जुट्न नेकपाका महासचिव विप्लवले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
हिजो राति गएको शक्तिशाली भुकम्पमा परी पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा ठुलो जनधनको क्षति समेत पुर्याएको छ । मुख्यतः जाजरकोट र रुकुममा भएको क्षति र उद्वारका लागि छलफल गर्न नेकपाले काठमाडौंमा उपलब्ध स्थायी, पिविएम र केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक राखेको थियो ।
बिहान ८ बजे पार्टी कार्यलय बुद्धनगरमा राखिएको बैठकले नेकपाका स्थायी समिति सदस्य अनिल सीले बताए ।
रुकुम पश्चिमा र जाजरकोटका भुकम्प पीडितका लागी पार्टीको केन्द्रिय उत्पादन बाट २५ कुइनटल चामल र १ लाख नगत राहत दिने निर्णय गरेको छ। बैठकले अहिले दिउसो १२ बजेबाट काठमाडौ,भक्तपुर र ललितपुरबाट राहत संकलन गरि जाजरकोट र रुकुम पठाउने तयारी गरिरहेको बुझिएको छ।