भूकम्प पीडितका लागि सुदूरपश्चिम सरकारले २० जना स्वास्थ्यकर्मी सहित १ करोड दिने

शनिबार, १८ कार्तिक २०८०

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।