२ अर्ब १२ करोड घोटाला गर्ने सानिमा बैंकमाथि कारवाहीको माग गर्दै राष्ट्र बैंकमा उजुरी

आइतबार, १९ कार्तिक २०८०

काठमाडौँ – २ अर्ब १२ करोड घोटाला गर्ने सानिमा बैंकमाथि कारवाहीको माग गर्दै उजुरी परेको छ । सूचना अभियान्ता तथा सानिमा बैंकका शेयरधनी अंगराज भारतीले बैंकले घोटाला गरेको २ अर्ब १२ करो रुपैयाँ बैंक खातामा जम्मा गर्न आवश्यक पहल गर्न माग गर्दै राष्ट्र बैंकमा उजुरी दिएका हुन् ।

भारतीले उजुरिमा भनेका छन्, ‘बैंकले घोटाला होइन भनेर टाल्न जतिसुकै प्रयत्न गरेपनी आफ्नो अध्ययनले पुरापुर घोटाला नै भएको पुष्टि गर्छ कुनैपनी कोणबाट बैकले दिएको हिसाव मिल्दैन।, मैले सानिमा बैंक लिमिटेडसंग विभिन्न समयमा विभिन्न वित्तिय सूचना तथा जानकारी माग गरी ती सूचनालाई गहन रुपले अध्ययन गरेको छु ,अध्ययनका क्रममा आर्थिक वर्ष २०७४ र २०७५ र २०७५ र २०७६ मा त्यस बैकले करीव २ अर्व १२ करोड रुपैयाँ घोटाला गरेको प्रस्ट देखिएको उनको उजुरीमा उल्लेख छ ।

राष्ट्र बैंकलाई सम्बोधन गर्दै दर्ता गरिएको उजुरीमा भारतीले आफु सानिमा बैंक लिमिटेडको शेयर धनी तथा एक आम नागरिक भएको जानकारी गराउदै  सानिमा बैंक लि:, संग विभिन्न समयमा विभिन्न वित्तिय सूचना तथा जानकारी माग गरी ती सूचनालाई गहन रुपले अध्ययन गर्दै आएको उल्लेख छ ।

उनले  अध्ययनका क्रममा आर्थिक वर्ष २०७४ र २०७५ र २०७५ र २०७६ मा त्यस बैकले करीव २ अर्व १२ करोड रुपैयाँ घोटाला गरेको देखिएको प्रस्ट पारेका छन् । भारतीले उजुरीका उल्लेख गरे अनुसार सो घोटालाको विषयमा सानिमा बैंकको वार्षिक साधारण सभामा समेत उठान गरी छानविन कमिटी बनाउन अनुरोध समेत गर्दा अध्यक्षले खासै चासो नदिएकोले सानिमा घोटाला काण्डमा अध्यक्षको मिलेमतो समेत रहेको हुन सक्ने देखिन्छ ।’

व्यवस्थापनले गरेको गल्तीलाई अध्यक्षले छानबिन गरी सल्टाउनु पर्नेमा बैंकले गल्ती नै गरेको छैन भनि उनि मिडीया बाजीमा समेत उत्रीएको आरोप छ। बैंकले दिएका विवरणले नै बैंकले घोटाला गरेको प्रमाणित भएको देखिन्छ ।
सर्वसाधारण शेयर धनीको शेयर समेत रहेको बैंकले यति ठूलो घोटाला गरी शेयर धनीको पेटमा लात्ती हान्ने र बैकिङ्ग क्षेत्रलाई नै बदनाम गर्ने काम बैंकबाट भएको उनको उजुरीमा छ । उनले उल्लेखित तथ्य प्रमाणलाई गहन रुपले अध्ययन गरी गल्ती गर्ने जो कोहि लाई पनि आवश्यक कारवाही गरी घोटाला भएको रकम बैंकको खातामा ल्याउन राष्ट्रबैंकले आवश्यक पहल गर्न माग गरेका छन्।

बैंकले उपलब्ध गराएको र मैले गरेको अध्ययनमा तथ्यगत रुपमा अध्ययन नगरी दोहोरो लेखाप्रणालीमा जस्तो डेविट र क्रेडीड बराबर देखाए जस्तो बैंक खाली के कसरी हिसाब बराबर देखाउने र अंगराजले के बुझेको छ र ? दुवैतिरको हिसाव बराबर भएमा कन्भीन्स भैहाल्छ भन्ने नियतले जे पायो त्यही हिसाब देखाएर यो घोटालाबाट बैंक भाग्ने खोजेको आरोप उजुरीमा छ ।

उनले आफ्नो तथ्य पेस गर्दै, ‘राष्ट्र बैंकलाई भनेका छन्, साविक महिनामा हिसाव गर्दा सो हिसाबको वास्तविक धरातल अघिल्लो महिनालाई बनाई अध्ययन गरेको छु सानिमा लगायत अन्य सबै बैंकको साविक महिनाको कर्जाको धरातल अघिल्लो महिना नै हुन्छ) भने बैंक साबिक महिनाको डाटालाई गल्तीवस डाटा अर्कै हुन गयो भनि हल्का जवाफ दिई हिसाब मिलान गरीरहेको छ। बैंकले साविक महिनाको हिसाब गर्दा अघिल्लो महिनाको कर्जालाई आधार मानेर हिसाव गरेको भए बैंक र मेरो अध्ययन नजिक नजिक हुन्थ्यो। तर बैंक अघिल्लो महिनालाई आधार मान्न नै तयार देखिदैन ।’

यस्तो छ भारतीले राष्ट्र बैंकका गभर्नर समक्ष दर्ता गरेको प्रमाण सहित उजुरीको पूर्णपाठ