एनआईसीद्धारा भूकम्प प्रभावित क्षेत्रमा राहत स्वरुप प्रधानमन्त्री दैवीप्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख सहयोगको घोषणा
काठमाडौं— एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग रकमप्रदानगर्ने घोषणा गरेको छ ।
बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। उनले भने, ‘२०८० कात्र्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो । यस विनासकारी भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा यस बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।’