राहत संकलन गरिरहेका नेकपाका ४ नेताकार्यकर्ताहरु पक्राउ

आइतबार, १९ कार्तिक २०८०

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले सुरु गरेको राहत संकलन अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ। आइतबार काठमाडौंको विशाल बजारमा राहत संकलन गरिरहेका नेकपाका कार्यर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पले निम्त्याएको मानविय संकटमा राहत दिन नेकपा उपत्यका ब्युरोले राहत संकलन अभियान सुरु गरेको थियो। त्यसैक्रममा नेकपा काठमाडौं ३ जिल्ला इन्चार्ज डिआरसी र अर्का नेता चिन्तन सी लगायत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।