नेकपा कैलालीद्वारा भूकम्प पीडितहरुका लागि राहत संकलन अभियान सुरु
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी मध्य कैलाली बर्दगोरियाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि आईतबारबाट राहत संकलन अभियान सुरु गरेको छ ।
पृथ्वी लोहार कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी ले भुकम्प पिडितको लागि राहात संकलन कार्य सुरु गरेको छ। नेपाल कम्युनिस्ट पार्टी मध्ये कैलालीका सम्पूर्ण नेता कार्यकर्ताहरु ले म्अm र ब्अm लगाएत अन्य समाजसेवीहरुको साहेतामा उक्त राहात संकलन कार्यक्रम सुरु गरेको छन ।
राहात स्वरुप नगद रु २३२८५ रुपैयाँ जम्मा भएको थियो भने अनिता बस्त्रालय बाट १००००हजार बराबरको लुगा कपडा र राम चन्द्र किराना पसल बाट दुई पेटि चाउचाउ उपलब्ध भएको छ ।
सहयोग दाता उद्योगी व्यापारीहरुले भूकम्प पीडितका लागि सहयोग गर्न पाउनु गर्भको विषय भएको भन्दै सक्दो सहयोग गरेको नेकपा बर्दगोरिया नगर इन्चार्ज पुष्प सी ले जानकारी दिएको छ।