प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने नेकपा एसको निर्णय
काठमाडौं— नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकले राजनीतिक नियुक्तिमा गएकाहरुलाई १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।
पार्टी कार्यकर्ताबाट सहयोग संकलन गरेर राहत कोषमा जम्मा २५ लाख रुपैयाँ जम्मा गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा