केही संकल्प अधुरै रहेपनि मतदातासँग गरेको बाचा पूरा गरेको छुः रामकुमारी झाँक्री
काठमाडौं— नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले गत वर्षको निर्वाचनमा आफ्ना मतदातासँग गरेका बाचा पूरा गरेको बताएकी छन् । निर्वाचन भएको एक वर्षपछि उनले आफ्नो केही संकल्प अधुरै रहेपनि मतदातासँग गरेको बाचा पूरा गरेको जिकिर गरेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘गत वर्षको निर्वाचनमा मैले आफ्ना मतदातासँग गरेका बाचा भने पूरा गरेको छु । नक्कली आश्वासन थिएनन् मेरा । मेरा त ठोस ठोस कामका प्रस्ताव थिए । अधुरा आयोजनालाई पूरा गर्ने । बस्ती विकासको योजना कार्यान्वयन गर्न बस्तीबस्ती जोड्ने सडकरबाटो निर्माण गर्ने ।’
गत मंसिर ४ को निर्वाचनमा झाँक्री गुल्मी २ मा एमालेको गोकर्ण विष्टसँग पराजित भएकी थिइन्।