देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदापनि गठबन्धन मौन रहेको ओलीको आरोप
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदापनि गठबन्धन मौन रहेको आरोप लगाएका छन्।
पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्व र स्वभाविमानमाथि प्रहार भएको छ । त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ । देशको लागि खतरनाक कुरा यही छ ।
उनले आफूहरू छिमेकी देशसँग सुमधुर सम्बन्ध चाहेको बताए । उनले भने, तर, सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छाडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन । मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुमधुर हुने होइन ।