नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

बिहिबार, ७ मंसिर २०८०

काठमाडौं— सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ।

सञ्चारमन्त्री रेखा शर्माले आज बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा स्वीकृत गरेको बताइन्। उमेर विवादमा मुछिएपछि उपरथी पाण्डेले राजीनामा दिएका थिए। व्यक्तिगत कारण देखाएर बुझाएको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको बताइन्।

अब जंगी अड्डाले उपरथी अशोक सिग्देललाई रथीमा बढुवाका लागि सिफारिस गर्ने बाटो खुलेको छ । त्यस्तै मन्त्रिपरिषद बैठकले ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ ।