धनगढीमा ३ वर्षीया बालिका बलात्कृत

शनिबार, २३ चैत्र २०७५

चैत्र २३, काठमाडौं- कैलालीको धनगढीमा ३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। कैलाली जिल्ला प्रहरी कार्यालयले बलात्कारको आरोपमा स्थानीय १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

प्रहरीले पक्राउ गरिएका किशोरको नाम गोप्य राखेको छ। प्रहरीका अनुसार बिहीबार ती किशोरले आफ्नै घरमा ती बालिकालाई बलात्कार गरेका थिए।

पिडित बालिकाकी आमाको उजुरीपछि गरिएको स्वास्थ्य परिक्षणमा बलात्कार भएको पत्ता लागेको थियो।