गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क छः डा. शशांक कोइराला

बिहिबार, ७ मंसिर २०८०

काठमाडौं— नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको  बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे । तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । उनले सहरमा जम्मा भई हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे ।