चेत सुन्य भएका मुर्खहरु प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर हिँडेका छन्: ओली

शुक्रबार, ८ मंसिर २०८०

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरु नलिखुट्टाको हड्डी फुकेर राजा फर्काउन भन्दै हिँडेको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले चेत सुन्य भएका मुर्खहरु जनताले वाक्कदिक्क भएर फालेको राजतन्त्र फर्काउन हिँडेका टिप्पणी गरेका हुन् ।

चेतना नभएका केही मूर्खहरु मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर लागेका छन् । युवा संघ यस्तो बेलामा मैदानमा उत्रियो, ‘ओलीले भने ।

युवा संघले ‘देश संकटमा परेको बेला हामी यहाँ छौं काँध थाप्छौं’ भनेको भन्दै ओलीले प्रशंसा गरे । साथै, परिवर्तको रक्षाका लागि विशाल आन्दोलनको आवस्यकता पर्नसक्ने भन्दै उनले तयारी अवस्थामा रहन युवा संघलाई निर्देशन दिए ।