जनयुद्धको रक्षा गर्ने पार्टी जिउँदैछ, षड्यन्त्रका सपना नदेख : विप्लव सी

शुक्रबार, ८ मंसिर २०८०

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धको आधारभूमि रोल्पाको थवाङ्ग पुगेर जनयुद्धको रक्षा गर्ने पार्टी जिउँदै रहेको बताएका छन् । शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले जनयुद्दको बिरुद्ध षड्यन्त्र नगर्न चेतावनी दिंदै जनयुद्धको रक्षा गर्ने पार्टी जिउँदै रहेको बताएका हुन्।  विप्लवले  जनयुद्धको रक्षा गर्ने पार्टी जिउँदै रहेकाले  षड्यन्त्रका सपना नदेख्न चेतावनी दिए ।

जतन्त्रसहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिंदै महासचिव विप्लवले चुनबाङ बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत बताए । उनले भने, ‘चुनबाङ बैठकपछि काठमाडौँ उत्रेका हौं । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो । विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेका उद्घोष गरे ।

विप्लवले जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उदेश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको विप्लवको तर्क थियोे ।

ईमानदार माओवादीहरुले जनता,सहिद र घाइते बिर्सनु हुदैन भन्ने हाम्रो जोड थियोे । कतिपयले मन्त्री,सांसद र सम्पत्ति थुपारेपछी जनता भुलेको दाबी गरेका छन् । विप्लवले भने, ‘हामी ज्युदैं छौं भन्न रोल्पा आएका हौँ । कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् । पछिल्लो समय देशमा केही लुटेराहरु सल्बलाएका छन् । यो एकैछिनको नाटक हो । यो षड्यन्त्रको जमेर प्रतिबाद गरिन्छ विप्लवले भने ।