जनसांस्कृतिक महासङ्घले दुई महिने संगठन सुढृड तथा विस्तार अभियान सञ्चालन गर्ने
काठमाडौं – अखिल नेपाल जनसांस्कृतिक महासङ्घ कार्यलयको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी पोलिट व्युरो सदस्य तथा महासङ्घका अध्यक्ष माईला सीको अध्यक्षतामा, सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णय लिइएको छ ।
बैठकमा पदाधिकारी तथा कार्यलयका सदस्यहरुले आ( आफ्नो कर्यक्षेत्रको रिपोर्ट र आवधिक योजनाको समिक्षा गर्नुका साथै महासङ्घलाई महत्वपूर्ण सुझाव दिएका थिए । बैठकले साङ्गाठनिक, आर्थिक, प्रकाशन बारे महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।
संगठनलाई व्युरो जिल्ला स्थरमा विस्तार तथा संगठन भएका क्षेत्रहरुमा सुढृड गर्ने नीतिसहित देशैभरि पदाधिकारीको कार्यविभाजन गरेको छ । जसअनुसार पूर्वी कमान्डमा उपाध्यक्ष शोभा सी, मध्यमाण्ड महासचिव कुशल सी, मध्यप्रश्चिम सचिव आरोह सी, प्रचिश्म कमाण्ड उपाध्यक्ष विहानी सीको नेतृत्वमा मंसिर १५ देखि माघ मसान्तसम्म दुई महिने संगठन विस्तार तथा सुढृड अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
वैठकलाई सम्बोधन गर्दै अध्यक्ष माईला सीले यो अभियानले महासङ्घको नेतृत्वको क्षेमता र संगठनको बास्तविक अवस्थाका वारेमा यर्थात थाहा हुने र सम्भावित विकल्पका वारेमा अध्ययन गर्दैे थप कार्यक्रम बनाएर अगाडि बढ्न प्रेणा मिल्ने धारणा राखेका थिए
। सबै साथीहरु इमानदारीताका साथ लाग्नु निदेशन सहित बैठक समापन गरेका थिए ।