जनताले चाहेको व्यवस्था ल्याउन सबै कम्युनिस्ट पार्टीहरू एक हुनुपर्छः सुशिल सी
काठमाडौं—नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सुशिल सी ले जनताले चाहेको व्यवस्था ल्याउन सबै कम्युनिस्ट पार्टीहरू एक हुनु पर्ने बताएका छन् ।
अदानचुलि गाउँ पालिकाको कोणसभामा नेपालका सबै कम्युनिस्ट पार्टीहरूलाई एक हुन आग्रह गर्दै उनले भने, ‘जनताले चाहेको व्यवस्था ल्याउन हामी कम्युनिस्टहरू एक नहुने हो भने यो देश अरू कसैको हातमा जान्छ , स्वाधिनता गुम्छ, त्यसैले हामीले समयमै सोच विचार पुर्याउन जरुरी छ ।’
केन्द्रीय सदस्य उत्तर कर्णाली व्युरो इन्चार्ज संगम सी ले कोणसभामा बोल्दै हुम्लि जनता र हिमाल पहाडमा रहने सम्पुर्ण नागरिकको बिकास निकासमा जोड दिनुपर्ने बताएका हुन् । उनले भ्रस्टचार, कालोबजारी, दलाल, कमिसन खोरहरुलाई कारर्वाहि गर्ने अभिव्यक्ती सहित समाजवादी मोर्चालाई सफल बनाउन एकजुट हुनु पर्ने पनि बताए ।
उक्त कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि समिति सदस्य क. निर्माण सी ले बैज्ञानिक समाजवाद स्थापनाका लागि हुम्ली जनताले साथ दिने बिश्वास व्यक्त गरेका छन् । उनले भने, ‘एतिहासिक परिवर्तन को जनआन्दोलन जनयुद्धमा हुम्ली जनताको आवाज उठाउनका लागि ठुलो संख्यामा ज्यान गुमाउने र क्रान्तिका पक्षमा अगाडि बढने साहश भएको ठाँउ हो ।त्यसैले आज पनि बैज्ञानिक समाजवाद स्थापनाका लागि साथ दिने छन् भन्ने पुरा बिश्वास छ ।’
उक्त कोण सभा कार्यक्रम केन्द्रीय प्रतिनिधि समिति सदस्य हुम्ला जिल्लाका सेक्रेटरी क. बिश्व दिप सी ले सञ्चालन गरेका थिए ।