तरुण दलका अध्यक्ष गुरुङले भने, ‘तत्काल प्रभावित क्षेत्र पुगेर पीडितको लागी घर बनाउन थाल्ने छौं’

बुधबार, १३ मंसिर २०८०

काठमाडौं— नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा भोलेन्टियर र दक्ष जनशक्ति लिएर तत्काल घर बनाउन थाल्ने बताएका छन् ।

तरुण दलको आन्तरिक स्रोतभित्र ५०/६० लाख भूकम्प प्रभावितका लागि राहत शंकलन भएको उनले बताए । ‘जहाँ विपत हुन्छ त्यहाँ तरुण दल पुग्नेछ,’ उनले भने, ‘नेपाली जनताको मन छुने कार्य नेपाल तरुण दलले गर्छ ।’

तरुण दलले श्रम दानका लागि देशैभर अभियान चलाउने उनले बताए । रुपन्देही कांग्रेसको जिल्ला सम्मेलनमा अध्यक्ष गुरुङले कांग्रेस नेता बालकृष्ण खाणको अभाव खड्किएको बताए ।

नेता खाँणले छिट्टै अदालतबाट क्लिन चिट पाउने विश्वास अध्यक्ष गुरुङले व्यक्त गरे । नेपाली कांग्रेसको अगुवाईमा शिक्षा,स्वास्थ्य, सडक सञ्जाल,पुल, खानेपानी,सञ्चार लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको दाबी गरे । राजनीतिक परिवर्तनले नेपाली जनतालाई सुखी बनाए पनि खुसी बनाउन नसकेको उनले बताए ।

नेपालमा केही युट्युवमा नेपालमा वद्नाम भएकाहरु,ऋणमा डुवेकाहरु व्यवस्था र नेपाली कांग्रेसकाविरुद्ध विश्लेषक बनेर भ्रम फैलाई रहेको उनले बताए । कांग्रेस र कांग्रेसका नेताहरु कमजोर हुँदा व्यवस्था कमजोर बनाउने भएकाले यस्ता अफवाह फैलाउने युट्युव च्यानल बहिस्कार गर्न उनले आग्रह गरे ।