विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार जाँदै

बुधबार, १३ मंसिर २०८०

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउद विपिन जोशीको रिहाईको पहलका लागि कतार जाने भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जाने भएका हुन् ।

यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते ९बिहीवार० उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।